२०८१ असार ०५।
बेनी नगरपालिका वडा नं. ६ मा अवस्थित श्री जामुनाखर्क माविले नमुना विद्यालय विकासको तेस्रो वर्षको कार्यक्रम अन्तर्गत शिक्षक एवम् विद्यार्थीहरुको खेल सिपको विकास गर्नको लागि २०८१ असार ५ गते देखि १४ गते सम्म भलिबल र व्याडमिन्टन खेल प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदले व्यानरमा हस्ताक्षर गरि शिक्षक अभिभावक संघका अध्यक्ष मुक्तिनाथ शर्मा एवम् विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले प्रशिक्षक तेजेन्द्र बानियालाई खेलकुद सामग्री हस्तान्तरण गरि कार्यक्रमको औपचारिक उट्घाटन गरिएको थियो ।
पहिलो दिनतर्फ राष्ट्रिय रेफ्री, टिम कोज एवम् जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले भलिबल खेलको महत्व प्रष्ट पारि खेलले हामीमा अनुसाशनको विकास गर्ने जानकारी गराउदै भलिबल खेल प्रशिक्षण गर्नुभएको थियो । विद्यालयले शैक्षिक सँगै खेलकुद क्षेत्रमा पनि उत्कृष्ट प्रदर्शन गर्ने चाहना सँगै यस कार्यक्रम आयोजना गरिएको साथै यस्ता प्रशिक्षणका कार्यक्रम निरन्तर रुपमा संचालन गर्ने वि.व्य.स.अध्यक्ष यादव सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमा वि.व्य.स. अध्यक्ष यादव सुवेदीको अध्यक्षता, शि.अ.सङघ अध्यक्ष मुक्तिनाथ शर्मा, वि.व्य.स. सदस्य, सुन्दर वानिया, शि.अ.स. सदस्य हरिकृष्ण पौडेल, प्रअ. सोमनाथ ढुङ्गाना, सहायक प्र.अ मोहन प्रसाद सुवेदी, तहगत इन्जार्च, विद्यालयका शिक्षक कर्मचारीहरु, अभिभावक एवम् ६० जना प्रशिक्षार्थी विद्यार्थीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन कार्यक्रम संयोज शिक्षक गणेश खत्रीले गर्नुभएको थियो । साथै व्याडमिन्टन तर्फ जिल्ला व्याडमिन्टन संघ म्याग्दीका सचिव, व्याडमिन्टन खेलाडी भरत थापाले गर्नुहुनेछ ।