शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशद्धारा शिक्षा दिवस २०८१ मा जामुनाखर्क मावि पुरस्कृत

 

२०८१ असोज २ गते, बुधबार : 

       शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशद्धारा राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा राष्ट्रिय शिक्षा पुरस्कारका लागि सिफारिस तथा प्रदेश शिक्षा पुरस्कार वितरण मापदण्ड, २०८१ बमोजिम २०८० सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा म्याग्दी जिल्लाबाट सामुदायिक विद्यालय तर्फ श्री जामुनाखर्क मावि, अर्थुङ्गे, म्याग्दीले उत्कृष्ट नतिजा हासिल गरि नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेको छ । 



जिल्लामा विगतदेखि नै सधै उत्कृष्ट नतिजा हासिल गर्दै शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल यस विद्यालयले आगामी दिनमा पनि यो परम्परा कायम राख्न अझै सुक्ष्म मेहनतका साथ अगाडी बढ्न यस पुरस्कारले थप हौसला प्रदान गरेको छ । उत्कृष्ट नतिजाका लागि अहोरात्र खट्नुहुने  विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक तथा कर्मचारीहरु, पूर्व विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी एवम् सरोकारवालाहरुलाई  प्र.अ. श्री सोमनाथ ढुङ्गानाज्यूले हार्दिक बधाई  तथा धन्यवाद ज्ञापन गर्नुभएकोछ ।      



पुरस्कार ग्रहण गर्दे विद्यालयका प्रधानाध्यापक श्री सोमनाथ ढुङ्गाना । 

Share:
Copyright © Shree Jamunakharka Secondary School | Created by:- Ganga Bahadur Khatri (gemkc09@gmail.com)/Mobile No.:9847735698 |